+

फ्रेञ्च पौडीबाज मर्चण्डले तोडे माइकल फेल्प्सको रेकर्ड

२०८० साउन  ७ गते १९:२५ २०८० साउन ७ गते १९:२५
फ्रेञ्च पौडीबाज मर्चण्डले तोडे माइकल फेल्प्सको रेकर्ड

७ साउन, काठमाडौं । फ्रेञ्च पौडीबाज लियोन मर्चन्डले ४०० मिटर इन्डिभ्युजल मिड्लेमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

अमेरिकी पौडीबाज माइकल फेल्प्सले सन् २००८ को बेइजिङ ओलम्पिकमा राखेको रेकर्ड तोड्दै उनले निर्धारित दूरी ४ मिनेट २.५० सेकेण्डमा पूरा गरेका हुन् ।

बेइजिङ ओलम्पिकमा फेल्प्सले ४ मिनेट ३.८४ सेकेण्डमा यो दूरी पूरा गरेका थिए ।

जापानमा चलिरहेको वर्ल्ड च्याम्पियनिसपमा ४०० मिटर इन्डिभ्युजल मिड्लेमा स्वर्ण पदक जित्ने क्रममा मर्चन्ड फेल्प्सको समयभन्दा १.३४ सेकेण्डले अघि भएका हुन् ।

यो स्पर्धामा अमेरिकाका कार्सोन फोस्टरले रजत र आयोजक जापानका दाइया सेतोले काश्य पदक जितेका छन् ।

माइकल फेल्प्स लियोन मर्चन्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय