
८ साउन, काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।
आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय सानो खोल्सीले बगाएको थियो ।
महाराजगञ्ज प्रहरीले ती बालक सोमबार बिहान १० बजेसम्म पनि फेला नपरेको र खोजी कार्य जारी रहेको जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खोजी कार्यमा खटिएका छन् ।
काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोला-खोल्सीमा बाढी आएको थियो । सामाखुसी, रानीबारी लगायतका क्षेत्रका घरमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4