
९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । वर्तमान निर्वाचन प्रणालीबाट एक दलले बहुमत ल्याउन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने बताए ।
प्रत्यक्ष तर्फको उम्मेदवार छनोट गर्दा नै समानुपातिक र समावेशी गरेर उठाउन सकिने उनले विकल्प सुझाए । ‘यस्तो निर्वाचन प्रणाली बनाएका छौं । बहुमतको सरकार बनाउन सम्भव नै छैन । प्रत्यक्ष निर्वाचनबाट समानुपातिक चरित्रको निवार्चन गर्न सक्दैनौं र ?’ काठमाडौंमा आयोजित एक कार्यक्रममा भने ।
प्रत्यक्ष निर्वाचन मार्फत नै समानुपातिक र समावेशी बनाउन सकिने विकल्प उनले सुनाए । निर्वाचन प्रणालीमा परिवर्तन गर्न कांग्रेसले अरु दललाई विश्वासमा लिएर अग्रसरता लिनुपर्ने कोइरालाले बताए ।
‘यही निर्वाचन प्रणालीबाट गठबन्धनमा त जानै पर्दछ । चुनाव अघि गठबन्धन होइन, चुनाव पछि गठबन्धन गर्ने गरी एक्लै चुनाव लड्न सक्छौं भन्ने आँट अहिलेदेखि गरौं’, कोइरालाले भने ।
प्रतिक्रिया 4