+

गौरिकाको अर्को राष्ट्रिय कीर्तिमान

२०८० साउन  १० गते १३:०९ २०८० साउन १० गते १३:०९
गौरिकाको अर्को राष्ट्रिय कीर्तिमान

१० साउन, काठमाडौं । नेपाली ओलम्पिक पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा आयोजना भइरहेको २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

बुधबार भएको महिला ५० मिटर ब्याक स्ट्रोकमा उनले ३१.४४ सेकेण्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन् ।

यसअघि गौरिकाकै नाममा ३१.८७ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो ।

१३औं सागमा ४ स्वर्ण जितेकी गौरिकाले यसअघि वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा १०० मिटर ब्याक स्ट्रोकमा पनि आफ्नै कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यस्तै महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामाले व्यक्तिगत समयमा सुधार गरिन् । उनले २ मिनेट १२.४६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै २ मिनेटमा १२.७६ सेकेण्डको समयमा सुधार गरेकी हुन् ।

गौरिका सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय