+

अन्योलकै बीच यू–१६ लिगको नयाँ तालिका सार्वजनिक

२०८० साउन  १० गते २०:०२ २०८० साउन १० गते २०:०२
अन्योलकै बीच यू–१६ लिगको नयाँ तालिका सार्वजनिक

१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले यू–१६ लिगको तेस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

विवादका कारण अन्योलमा परेको यू–१६ लिगमा बढी उमेरका खेलाडी सहभागी भएको भन्दै संकटा, मनाङ मस्र्याङ्दी र फ्रेन्ड्स क्लबले लिग बहिस्कारको घोषणा गरेका थिए ।

मंगलबार विरोध गर्ने ३ क्लब र एन्फाबीच यस विषयमा छलफल र सहमति भएको एन्फाका प्रवक्ता सुरेश शाहले अनलाइनखबरलाई बताए ।

‘विवादबारे मंगलबार छलाफल भएको थियो । जसमा बहिस्कार गरेका तिनै क्लबले एन्फासँग खेलाडीको उमेर बढी भएको पाइएमा एमआरआइ गर्ने नीति थप गरेपछि सहमति भएको हो’, उनले भने ।

उनका अनुसार शुक्रबारदेखि लागु हुने गरी तय भएको तालिका अनुसार नै लिग हुनेछ ।
ए डिभिजन लिगका १० टोली सम्मिलित यस लिगको दोस्रो चरणसम्म विवादकै कारण दुई खेलमात्रै भएको थियो ।

फुटबल यु-१६ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय