
१२ साउन, काठमाडौं । अमेरिकाको रुबिन म्युजियमले नेपालकै इतुम्बहा: भित्र संग्रहालय बनाउन लागेको भन्दै विरोध भएको छ । अभियान्ताहरुले रुबिन गो ब्याक अभियान नै सञ्चालन गरेका छन् र उनीहरुले प्रदर्शन समेत गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय समुदायमाझ आफूलाई नैतिक देखाउन रुबिनले नेपाल मण्डलको प्राचिन मध्येको एक इतुम्बहा:लाई २० हजार डलर दिइ बहा: भित्र संग्रहालय बनाउन खोजेको उनीहरुको आरोप छ ।
रुबिन गो ब्याक अभियानले चोरिएका सम्पदाहरु विदेशका विभिन्न संग्रहालयमा रहेको ती संग्रहालयहरुले आफूलाई चोख्याउन र छवि सुधार्न सम्बन्धित सम्पदा भएका समुदायमा लगानी गर्ने प्रवृत्ति देखिएको भन्दै यसप्रति सचेत हुनु पर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4