+
+

सुदर्शन थापाले ‘रावायण’ निर्देशन गर्ने, शीर्ष भूमिकामा अनमोल केसी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते १०:४५

काठमाडौं । केही दिनअघि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता अनमोल केसीले आफूले सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्न लागेको बताएका थिए । अहिले आएर यो फिल्मबारे महत्वपूर्ण विकास भएको छ ।

निर्देशक थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । बोर्डका एक फिल्म अधिकृतले निर्देशक थापाले टाइटल दर्ता गरेको जानकारी दिए ।

स्रोतका अनुसार शिवम अधिकारीको लेखन रहेको फिल्ममा अनमोलको डबल रोल हुने जनाइएको छ । फिल्ममा आफ्नो शीर्ष भूमिका हुने जानकारी अनमोलले अनलाइनखबरलाई बताइसकेका छन् । यस्तोमा, यो फिल्मको छायांकन भदौदेखि हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?