
१३ साउन, दाङ । रोल्पामा विषालु च्याउको खाँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका- ५ बुझिङकी २६ वर्षीया बिमला बिक रहेकी छन् । विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेको थियो । शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए । बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्याइएको थियो । उनको शनिबार विहान उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि रोल्पामा बिषालु च्याउ खाएर एक महिनायता चार जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4