१४ साउन, काठमाडौं । मोरक्कोकी डिफेन्डर नोउहालिया बेन्जिना हिजाब लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बनेकी छन् ।
२५ वर्षीय बेन्जिनाले इस्लाम धर्मावलम्बीले टाउकोमा लगाउने स्कार्फ लगाएर खेलेकी हुन् ।
दक्षिण कोरियासँगको खेलमा उनले हिजाब लगाएकी हुन् । उक्त खेलमा मोरक्कोले कोरियामाथि १–० को जित निकालेको थियो ।
धर्मसँग सम्बन्धित स्कार्फ लगाउन पाइने अनुमति २०१४ मा नै दिएको थियो । तर त्यसयता कुनै पनि खेलाडीले हिजाब लगाएर विश्वकप भने खेलेका थिएनन् ।
मोरक्को यो विश्वकपमा डेब्यु गर्ने आठ टिममध्ये एक टिम हो । बेन्जिना सिनियर महिला अन्तर्राष्ट्रिय फुटबलमा हिजाब लगाउने पहिलो खेलाडी हुन् ।
उनले यस विश्वकपमा जमर्नीसँगको खेलमा बेञ्चमा नै रहेकी थिइन् । उक्त खेलमा मोरक्को ६–० ले पराजित भएको थियो ।
प्रतिक्रिया 4