
काठमाडौं । कलाकारहरु किरण केसी, श्वेता खड्का, यमन श्रेष्ठ लगायतले मरणोपरान्त अंगदानको घोषणा गरेका छन् । काठमाडौंमा आइतबार आयोजित समारोहमा उनीहरुले यस्तो जानकारी दिएका हुन् ।
कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराहनाले निर्देशन गरेको डकुमेन्ट्री ‘पुनर्जन्म’को प्रिमियर समारोहमा उनीहरुले शरीरका सबै अंग दान दिने बताएका हुन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अंगदान गर्ने घोषणा गरेपछि सेलिब्रिटीलाई कार्ड समेत प्रदान गरेका थिए । मन्त्री बस्नेतले सेलिब्रिटीको यस्तो निर्णयले समाजमा सकारात्मक सन्देश दिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4