
काठमाडौं । नेपालका हलमा प्रदर्शन भइरहेका फिल्महरुको आइतबारसम्मको कमाइ सार्वजनिक भएको छ । जसअनुसार दोस्रो सप्ताहन्त पनि हलिउड फिल्म ‘ओपेनहाइमर’ र ‘बार्बी’को दबदबा देखिएको छ ।
चलचित्र विकास बोर्डका अनुसार पछिल्लो आइतबारसम्म क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’को कुल नेट कलेक्सन एक करोड ३२ लाख रुपैयाँ छ । ‘बार्बी’को आइतबारसम्मको व्यापार ६० लाख रुपैयाँ नेट छ ।
यो शुक्रबार रिलिज भएको करण जोहर निर्देशित बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को कमाइ ३५ लाख नेट छ । सरोज खनाल निर्देशित ‘बगान’को पछिल्लो आइतबारसम्मको कमाइ ९२ लाख रुपैयाँ ग्रस छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4