
१५ साउन, काठमाडौं । चुनावको खर्च विवरण सार्वजनिक नगरेको भनी उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
मोरङ-२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार विनोद भट्टराईले आफूले खर्च विवरण फेसबुकमार्फत सार्वजनिक गर्दा पनि आयोगले १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
रिटमा उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय र त्यस अनुसार भएको पत्राचार बदर गर्न परमादेश माग गरिएको छ । यो रिटमा मंगलबार सुनुवाइ हुनेछ । यसअघि यही जरिवानाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदले उच्च अदालत पाटनमा रिट दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4