
काठमाडौं । बुवा केयर प्रालिले पशुपति परिसरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । सोमबार बिहानैदेखि सञ्चालन गरिएको शिविरमा दुई सय जनाभन्दा बढीले सेवा लिए ।
बुवा केयरले महर्षि दीपक प्रतिष्ठान, नेपाल ल्याब हाउस र काठमाडौं महानगरपालिकाको सहकार्यमा साउनको हरेक सोमबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मन्दिर परिसरमा वृहत् स्वास्थ्य शिविर गर्दै आएको छ ।
विशेषज्ञ डाक्टरसहित सम्पूर्ण रोगको पहिचानको लागि प्रयोगशालाको समेत व्यवस्था भएकाले सो स्वास्थ्य शिविर थप विशेष बनेको बुवा केयरका अध्यक्ष डा. अनाम प्याकुरेलले जानकारी दिए ।
विभिन्न ठाँउमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बुवा केयरले विशेष गरी वृद्ध उमेरका आमाबुबाहरुलाई स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4