
काठमाडौं । सुदेश शर्माको स्वरमा रहेको चर्चित गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन सार्वजनिक गरिएको छ । उक्त गीतलाई गायक सुरेन्द्र श्रेष्ठले कभर सङको रुपमा ल्याएका हुन् ।
सूर्यराज शर्माको शब्द र चन्द्रराज शर्माको संगीत रहेको यो गीतलाई सुरेन्द्र श्रेष्ठले नै रि-एरेन्ज गरेका छन् । प्रेम विछोडको भावको गीतको कभर भिडियो समेत निर्माण गरिएको छ । विश्वास बज्राचार्यले निर्देशन गरेको भिडियोमा रुपेन्द्र श्रेष्ठ, भिन्तुना जोशी, मथुरा महर्जन र उदय शाही फिचर्ड छन् ।
भिडियोलाई युवन शाक्यले छायांकन तथा सम्पादन गरेका हुन् । सुर मेलोडी रेकर्डिङ स्टुडियो र ज्योति म्युजिकको प्रस्तुति रहेको गीत ‘सुरेन्द्र श्रेष्ठ’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4