+
+

स्वीटजरल्याण्डको पदयात्रामा रमाउँदै मनिषा कोइराला (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १३:५९

काठमाडौं । अभिनेत्री मनिषा कोइराला गत सातासम्म नेपालमा थिइन् । काठमाडौंमा रहँदा पनि उनी वरपरको पदयात्रामा निस्किइन् । जहिले काठमाडौंस्थित घरमा आउँदा पनि उनको योजनामा पदयात्रा समावेश हुन्छ ।

नेपालको प्रकृति र पर्यावरणसँग उनको निकटता विशेष छ । नेपालबाट उनी स्वीटजरल्याण्डको जुरिच पुगेकी छन्, जहाँबाट उनले पदयात्राका आकर्षक तस्वीर सेयर गरेकी छन् । स्कुल र कलेज बेलाका साथीहरुसँग उनी स्वीस आल्पसमा घुमेका रमाइला तस्वीर देख्न सकिन्छ ।

साथीहरुसँग घुमघाम गर्ने उद्देश्यले उनी बिदा मनाउन स्वीटजरल्याण्ड पुगेको जानकारी उनी निकट स्रोतले दियो । मनिषाले सेयर गरेका तस्वीरमा हामीले नेपालको भूगोलजस्तै देखिने स्वीटजरल्याण्डका पर्वत र हिमाल देख्न सक्छौं । मनिषाले आफ्ना अन्तर्वार्तामा पनि आफूलाई पद्यात्रा र प्रकृतिसँग निकट हुन मनपर्ने बताएकी थिइन् ।

जुरिचबाट फर्किएपछि मनिषा नेपाली समुदायले अष्ट्रेलियामा आयोजना गरेको समारोहमा भाग लिन त्यसतर्फ जाने तयारीमा छिन् । साथै, सञ्जयलीला भन्सालीले निर्देशन गरिरहेको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को छायांकनमा उनी व्यस्त हुनेछिन् । यो सिरिजको छायांकन अन्त्यतिर आइपुगेको जनाइएको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?