+

एसियाली जुनियर भारोत्तोलनमा हेमन्तलाई ३ कास्य

२०८० साउन  १६ गते १६:५२ २०८० साउन १६ गते १६:५२
एसियाली जुनियर भारोत्तोलनमा हेमन्तलाई ३ कास्य

१६ साउन, काठमाडौं । नेपालका हेमन्त पालले भारतको नोएडामा भइरहेको एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा ३ कास्य पदक जितेका छन् ।

आफ्नो डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिताको हेमन्त पालले पुरुष ७३ केजीमा स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गर्दै कास्य पदक जितेका हुन् ।

प्रतियोगितामा नेपालबाट हेमन्तसँगै सञ्जय यादवले सहभागिता जनाएका छन् ।

९६ केजीमा सञ्जय यादवले अगष्ट २ मा खेल्ने छन् ।

नेपालको प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् ।

हेमन्तको स्पर्धामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए । उज्वेकिस्तानका २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते ।

भारोत्तोलन हेमन्त पाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय