+
+

माओवादी बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेश हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते ११:२९

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेश हुने नेताहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार विधान अधिवेशन मंसिरतिर र विशेष महाधिवेशन चैतभित्र गर्ने प्रस्ताव छ । यद्यपि केन्द्रीय समिति बैठकले त्यो मितिलाई अन्तिम टुंगो लगाउने छ ।

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा आजदेखि सुरु हुँदैछ । सो बैठकले विधान अधिवेशन र विशेष महाधिवेशनको मिति टुंगो लगाउने छ ।

केन्द्रीय समिति बैठक अघि आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराएका थिए । सो एजेण्डामा विधान अधिवेशन र विशेष महाधिवेशनको समेत प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?