+
+

रोहित चौधरीको हत्या आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १२:३६

१७ साउन, विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको  हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  रोहितको साउन ५  गते सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोही दिन बेलुका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

जिल्ला प्रहरी  कार्यालय सुनसरीकाअनुसार घटनामा संलग्नको आरोपमा पक्राउ परेकाहरुलाई प्रदेश प्रहरी कार्यालयमा सार्वजनिक गर्ने तयारी छ ।

२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कने क्रममा रोहितमाथि धरान इटहरी सडक खण्डको सेउती खोला पुलको दक्षिणतर्फ गोली प्रहार भएको थियो । मोटरसाइकल रोकेर  पिसाब गर्न जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । रोहित नोबेल मेडिकल कलेज विराटनगरका प्राविधिक कर्मचारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?