
२१ साउन, काठमाडौं। विश्वमा समानता समाजको लागि मानव अधिकारको संरक्षण र कार्यान्वयन गर्ने परिकल्पना गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
आइतबार अन्तराष्ट्रिय मानव अधिकार संगठन नेपालको उद्घाटन कार्यक्रम बोल्दै सरोकारवालाहरूले न्याको लागि आवाज उठाउनुको साथै आर्थिक,सामाजिक,राजनितिक सबैमा न्याय खोज्नु पर्ने बताएका हुन् ।
कार्यक्रममा अन्तराष्ट्रिय मानव अधिकार संगठन नेपालका अध्यक्षले भिकेएस ठकुरीले विश्वमा समानता समाजको लागि मानव अधिकारको संरक्षण र कार्यान्वयन गर्न सधैं अभियन्ताको रुपमा लागि रहने बताए ।
उनले भने, ‘ अन्तराष्ट्रिय मानव अधिकार संगठन नेपाल एक स्वायत्त, स्वच्छिक,गैर सरकारी,गैर दलीय र गैर लाभकारी संस्था हो। जसले विश्वमा समानता समाजको लागि मानव अधिकारको संरक्षण र कार्यान्वयन गर्ने परिकल्पना गर्दछ। म यस क्षेत्रमा सामाजिक अभियान्ताको रुपमा लागिरहेको छ/लागिरहन्छु पनि।’
कुनैपनि पीडित व्यक्ति,राष्ट्र र जनताको स्वतन्त्रताको लागि आवाज उठाउँदै आएको उनको भनाइ थियो । विश्वभर मानव अधिकार दिवस १० डिसेम्बरमा मनाइन्छ।
प्रतिक्रिया 4