१८ साउन, काठमाडौं । ब्राजिलियन स्टार फुटबलर नेइमारको २ गोल र १ असिस्टसहितको उच्च प्रदर्शनमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जिओनबुक एफसीलाई पराजित गरेको छ ।
दक्षिण कोरियाको बुसान रंगशालामा भएको खेलमा टिमले प्रि–सिजनमा निकालेको यो पहिलो जित हो । यसअघि टिमले प्रि–सिजनमा खेलेका तीन खेलमा भने हार बेहोरेको थियो ।
नेइमारले ४० औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा पुन नेइमारले नै गोल गरेका हुन् ।
निर्धारित समयको २ मिनेट बाँकी रहँदा नेइमारको असिस्टमा मार्का एसेन्सियोल गोल गरे ।
एसिया भ्रमणमा रहेको पीएसजीले यसअघि इन्टरसँग २–१ ले र सेरेजो ओसाकासँग ३–२ ले हारेको थियो । अल नासरसँगको खेल भने खेल गोलरहित बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया 4