१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह महोत्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
क्रिकेट संघको केन्द्रीय कार्यसमिति चुनाव नजिकिँदै गर्दा जिल्लामा पनि पदाधिकारी छनोटको चटारो बढेको छ । त्यही क्रममा महोत्तरी जिल्ला क्रिकेट संघको अधिवेशन भएको हो ।
रोशनले क्यानको अध्यक्षमा उठ्ने तयारी गरिरहेको बताएका छन् ।
नेपाल क्रिकेट संघको कार्यसमिति चयनका लागि असोजमा चुनाव गर्ने तयारी छ ।
प्रतिक्रिया 4