
१९ साउन, गोरखा । लमजुङको मस्र्याङदी गाउँपालिका–९ घनपोखराबाट पाँच लाख ७० हजार नगद सहित २२ जना जुवाडे पक्राउ परेका छन् ।
धनबहादुर तामाङले भाडामा लिएको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका पाँच र लमजुङका १७ जना रहेका छन् ।
गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ, वडा नम्वर १० का दानबहादुर कुमाल, सिरानचोक–५ का निर्माण घिमिरे, अजिरकोट–४ का धन बहादुर गुरुङ र काले तामाङ पक्राउ परेका छन् ।
त्यस्तै लमजुङका मिनराज तामाङ, सुजन तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, बिरेन्द्र राउत बरै, देवेन्द्र लामा, राजन सयल, राम बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णुबहादुर अधिकारी, नविन गुरुङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ५ लाख ७० हजार रकम र १६ थान कौडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सिर्मलले बताए ।
पक्राउ परेकाहरु बिरुद्ध जुवा खेल्न वा सट्टेवाजी गराउन नहुने शिर्षक अन्तरगत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरु स्करपिओ गाडी लिएर जुवा खेल्न आएका थिए ।
प्रतिक्रिया 4