
काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएको नेपाली क्राइम-थ्रिलर ‘अदृश्य’ले घरेलु बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ । यो मल्टिस्टारर फिल्मको ग्रस कमाइ समेत शनिबारसम्म ५० हजार रुपैयाँ पुगेको छैन ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘अदृश्य’को कमाइ ४५ हजार रुपैयाँ ग्रस छ । प्रमोद अग्रहरि र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्म बालिका बलात्कारको घटनाको कथावस्तुमा आधारित छ ।
बोर्डको तथ्यांकअनुसार शनिबारसम्म सरोज खनाल निर्देशित फिल्म ‘बगान’को कमाइ एक करोड ४३ लाख रुपैयाँ ग्रस छ । सरोजसहित करिश्मा मानन्धर लगायतको शीर्ष भूमिका रहेको फिल्म अहिले पनि केही हलमा चलिरहेको छ ।
पछिल्लो समय नेपाली बक्स अफिसमा नेपाली फिल्मको कमजोर कमाइ र विदेशी फिल्मको दबदबा कायमै छ । बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ र हलिउड फिल्महरु बार्बी र ओपेनहाइमरले नेपालमा उत्कृष्ट कमाइ गरेका छन् ।
प्रतिक्रिया 4