
२१ साउन, दाङ । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
शारदा नगरपालिका-१४ माल्नेटा ढारखानीकी करिब ४७ वर्षकी प्रमिला गिरीको आइतबार बिहान गाउँ नजिकै मकैबारीमा शव फेला भेटिएको हो ।
बिहानै घरबाट घाँस काट्न गएकी महिला घर नआएपछि परिवारले खोजी गर्दा मकैबारीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
घटनाको प्रकृति हेर्दा महिलाको हत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक सन्तोष खनालले बताए । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4