+
+

मदन भण्डारी विश्वविद्यालयले मंसिरदेखि भर्ना लिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते २०:०७

२२ साउन, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आगामी डिसेम्बर (मंसिर) बाट विद्यार्थी भर्ना गर्ने भएको छ । सोमबार ललितपुरमा भइरहेको विश्वविद्यालय उद्घाटन सम्मेलनमा भर्नाबारे जानकारी गराइएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विश्वविद्यालयले विश्वस्तरीय अध्यापन तथा जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । उनले भने ‘नेपालमा सुरु भएको यो विश्वविद्यालय विश्वस्तरीय अध्यापन तथा जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा विश्व समुदायमा स्थापित हुने र नयाँ ज्ञान र प्रविधिको विकासमा महत्वूर्ण योगदान पु¥याउने विश्वास छ ।’

सम्मेलनमा नेसनल युनिभर्सिटी अफ सिंगापुरका पूर्व उपसभापति तथा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका ट्रस्टी प्रा. सिराम रामाकृष्णले यो विश्वविद्यालय स्थापनाले उत्साहित बनाएको बताए । उनले भने, ‘अहिले मलाई भर्खरै बच्चा जन्मेको अभिभावकको जस्तो अनुभूति भइरहेको छ । यो विश्वविद्यालय हाम्रो नयाँ बच्चा हो अब यसलाई विश्वस्तरीय विश्वविद्यालय बनाउने जिम्मेवारी छ ।’

विश्वविद्यालयलाई विश्वस्तरीय बनाउन विभिन्न रणनीतिका साथ काम भइरहेको जानकारी दिए । नेपाल सरकार, विषय विज्ञ, प्रवासमा कार्यरत विज्ञहरुको सल्लाह, सुझाव तथा सहयोग लिएर अगाडि बढिरहेको डा. सिरामले बताए ।

सम्मेलनमा विश्वविद्यालय र लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौता पनि भएको छ । सम्झौता अनुसार लार्के हिमालले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विश्वविद्यालयका प्रेसिडेन्ट प्रा.राजेन्द्रध्वज जोशीले जानकारी दिए ।

विश्वविद्यालयको ‘इन्डोमेन्ट फन्ड’ कोषमा २३ लाख २२ हजार ३५३ जम्मा भएको विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?