
२३ साउन, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो ।
विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ ।
यहाँ नजिकैको दीपज्योति आवासीय विद्यालय पनि डुबानमा परेको छ ।
बिहानैदेखि सामाखुसी क्षेत्र पनि डुबानमा परेको छ ।
काठमाडौं उपत्यकामा रातभर भारी वर्षा भएको छ । वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ ।
बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4