२३ साउन, काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीका प्रमुख प्रशिक्षक विष्ण गुरुङ अस्ट्रेलिया जाने भएका छन् ।
फुटबल खेलाडी अस्ट्रेलिया पलायन भइरहकोमा विदेशिने उनी पहिलो प्रशिक्षक हुन् ।
आज मंगलबार राति अस्ट्रेलिया जाने उनले सिड्नीमा अवस्थित फेवा एफसीमा प्रशिक्षण दिने बताए । ‘अहिले चिफ गेष्टको रुपमा जान लागेको हो । पछि उतै टिमलाई प्रशिक्षण दिन्छु’, उनले आफ्नो योजना सुनाए ।
फेवा एफसीबाट २?३ जना नेपाली खेलाडीहरुले पनि खेलिरहेका छन्
ए लाइसेन्स प्रशिक्षक उनी अष्ट्रेलियामा नै बसेर प्रो लाइसेन्सको कोर्स गर्ने योजनामा रहेका छन् ।
‘म उतै बस्ने योजनामा छु । पछि आफ्नो प्रशिक्षण लाइसेन्स पनि अपग्रेड गर्छु । प्रो लाइसेन्स गर्ने योजनामा छु’, उनले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4