+
+

कृषि उद्यमी बन्न चाहने पाँच विद्यार्थी समूहलाई १८ लाखको अनुदान दिइने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १६:१४

२३ साउन, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीको लागि नेपाल यङ बायो आन्ट्रप्रेनियर्स (एनवाइबी) २०२३ कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रम अन्तर्गत नयाँ कृषि उद्यम गर्न चाहने विद्यार्थीको पाँच समूहलाई १८ लाखका दरले आर्थिक अनुदान दिइने छ ।

विश्वविद्यालयका कृषि संकायको विभिन्न तहमा अध्ययनरत विद्यार्थीको लागि युएसआडइडीको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको कृषि संकायका डीन प्रा.डा.अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।

एउटा समूहमा विभिन्न तहका विद्यार्थी चारदेखि पाँच जनासम्म हुनुपर्नेछ । विद्यार्थीहरुलाई भदौ ५ गतेसम्म परियोजना पेस गर्ने समय दिईएको छ ।

डीन प्रा.डा.अर्जुन कुमार श्रेष्ठले यो कार्यक्रमले कृषिका विद्यार्थीलार्य उद्यमी बन्न प्रेरित गर्ने बताए ।

उनले भने ‘यसले कृषिका विद्यार्थीलाई प्रेरित गर्नेछ । कृषि क्षेत्रमा केही गर्छु भन्ने विद्यार्थीका लागि यो राम्रो अवसर हो ।’

आर्थिक सहयोगसँगै प्राविधिक सहयोग र मेन्टरसीप प्रदान गर्ने डीन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?