+

तस्वीरमा हेर्नुहोस् पारोमाथि मछिन्द्रको जित

२०८० साउन  २३ गते २०:२२ २०८० साउन २३ गते २०:२२
तस्वीरमा हेर्नुहोस् पारोमाथि मछिन्द्रको जित

२३ साउन, काठमाडौं । भुटानको पारो एफसीलाई ३-२ ले हराउँदै मछिन्द्र एफसी एएफसी कप प्रारम्भिक छनोटको दोस्रो चरणमा पुगेको छ ।

दोस्रो चरणमा मछिन्द्रले मोहन बगानसँग १६ अगस्ट कोलकतामा खेल्ने छ ।  यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा खेल्ने छ ।

पारो एफसीलाई हराउन मछिन्द्र एफसीका लागि विमल घर्ती मगर, आयुष घलान र ओलावाले आफिजले गोल गरेका थिए ।

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र दोस्रो भएको थियो । तर चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रले पारो एफसीसँग खेल्ने अवसर पाएको हो ।

मछिन्द्र र पारोबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :

 

एएफसी कप मछिन्द्र एफसी
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय