
गिल स्कट हेरनलाई पहिलोपटक कसले र्यापको गडफादर भनिदियो अझैँ अस्पष्ट छ । ६२ वर्षको उमेरमा सन् २०११ मा निधन भएका उनको स्मृतिमा लेखिएका आलेखहरुमा उनलाई धेरैले हिप-हपको गडफादर सम्बोधन गरेका थिए ।
सन् १९७० तिर न्यूयोर्कमा ‘स्ट्रिट पोइट्री’ रेकर्ड गर्ने कलाकारहरुको समूह ‘द लास्ट पोइट्स’ले पनि उनको सम्मानमा हिपहपका गडफादर भनेको छ । अमेरिकन हिपहप समूह ‘पब्लिक एनिमी’का सदस्य चक डीले सन् २०१० मा न्यूयोर्करसँग भनेका छन्,’र्यापको जरा उनी नै हुन् । नाम त गिन्सवर्ग, डायलनको पनि आउँछ तर गिल स्कट हेरन आधुनिक शब्दको सशक्त अभिव्यक्ति हो । हिपहपका शब्दसँग संगीतको संयोजन र लयको तालमेल मिलाउन उसैको गोरेटोलाई सबैले पछ्याउँछन् ।’
यद्यपि लय, सामग्री, संगीत र उद्देश्यको उनको गोरेटोलाई बृहत बनाउने काम वाट्स प्रोफेट्स, निक्की गोभानीहरुले गरे । विगतमा र्यापलाई केही महत्वपूर्ण कुरा भन्ने माध्यमका रुपमा लिइन्थ्यो । त्यसैले आइज्याक हेजदेखि अश्वेतका अधिकारकर्मी एच र्याप ब्राउनसम्मले अधिकार स्थापनाका लागि र्यापबाटै आफ्ना कुरा भन्न थाले । सन् १९८८ सम्म नयाँ– नयाँ प्रविधिको प्रयोग गरेपनि कसैले पनि स्कट हेरनझैँ शब्द र संगीतको उचित तालमेल मिलाउन सकेनन् । सन् २००५ मा केन वेस्टले ‘लास्ट पोएट्स’लाई फेरि स्रोतासमक्ष चिनाए । उनले उत्पादन गरेका सांगीतिक ट्र्याक स्टक हेरनसँग मिल्दोजुल्दो भयो । उनले त्यस ट्र्याक सन् १९७० को दशकमा अश्वेतको चेतनाका लागि हेरनसँग गरेको सहकार्यलाई ध्यानमा राखेर उत्पादन गरेका थिए ।
हिप-हपका अग्रजका रुपमा यी सबै कलाकारलाई सम्मान गर्ने कुरा निकै राम्रो हो । तर यसलाई एक सफल आन्दोलनको प्रस्तावनाका रुपमा जोड्ने जोखिम पनि उत्तिकै छ ।
‘स्ट्रिट पोएट’हरु हिप-हपसँगको सम्बन्धलाई लिएर सधैँ दुविधामा छन् । ‘द लास्ट पोएट’का एबोडन ओएलले स्टेजमा ‘नोटरिएस बिग’ भनेर परिचित क्रिष्टोफर जर्ज लेटोर वालेसलाई ट्र्याक दुरुपयोगमा मुद्दानै हालेका थिए । र्यापसँगको सम्बन्धमा दुविधामा रहेका ‘स्ट्रिट पोएट’ ओएलले सन् २०१८ मा द गार्डियनसँग भनेका छन्, ‘मानिसहरु भन्छन् कि हामीले र्याप र हिप-हप सुरु गर्यौँ तर हामीले कवितामा काम गर्यौँ । हामी कवितालाई निकै नै दमदार बनाउँथ्यौँ ।’
सन् १९६८ मा जब तीन युवा कविहरु सँगै द लास्ट पोएट्समा प्रवेश गरे, हार्लेमको माउन्ट मोरिस पार्कमा ठूलै धमाका भयो । मार्टिन लुथर किङ्को हत्या भएको ६ हप्तापछि त्यस कार्यक्रम भएको थियो । अश्वेतहरुको सशक्तिकरणको वकालत गर्ने माल्कोम एक्सको जन्मदिनको अवसरमा उक्त कार्यक्रम भएको थियो । त्यस बेलाको आफ्नो प्रस्तुति स्मरण गर्दै ओएलले भनेका छन्, ‘जब किङको हत्या भयो हाम्रा सबै दाबीहरु बेकारझैँ हुनपुगेका थिए।’
‘द लास्ट पोएटस्’ एक अडिग क्रान्तिकारी जत्था थियो । जसले उग्र ज्याज संगीतकार तथा कविहरुलाई त्यसमा समावेश गरेको थियो । संगीतकार आर्क सेप र कवि आमिरी बराका त्यसमा थिए । आमिरी बराका बलिदान प्रेरित गर्ने शब्द लेख्थे । आर्क त्यस शब्दलाई सांगीतिक आत्मा भरिदिन्थे । यो जोडीले अफ्रिकन-क्युबन लयमा ‘ह्वेन द रिभोलुसन कमस्’ निकाले । यसले श्वेतहरुको सँगै आन्दोलनका लागि तयार नभएका अश्वेतको पनि विरोध गरेको थियो । ‘द लास्ट पोएट्स’ ले विरोधको आवश्यकता महसुस नै गरेको थियो । साथै, ‘ह्वेन द रिभोलुसन कमस्’ झैँ बलियो कृति पनि ।
यसको प्रभावले त्यस ब्याण्ड ब्ल्याक प्यान्थरको अनौपचारिक सांगीतिक सहयात्री बन्यो । स्कट हेरिसनलाई चिनाउने गीत ‘द रिभोलुसन विल नट बि टेलिभाइज्ड’ हो । भरपुर व्यंग्य रहेको यो गीत निकै उत्कृष्ट थियो । मानिसहरुले यसलाई निकै उग्रवादी भने । त्यस गीतबारे हेरनले सन् २०१० मा डेली टेलिग्राफसँग भनेका छन्, ‘कसैले भन्दैमा कोही उग्रवादी कसरी हुनसक्छ र ! र क्रान्ति गर्दा कसो कद घटेको छ र ?’
द लास्ट पोएट्सले सन् १९६९ मा लिंकन विश्वविद्यालयमा आफ्नो प्रस्तुति दिँदै गर्दा हेरिसन ब्याक स्टेजबाट आएका थिए । ओएलले भन्छन्, ‘त्यहाँ आएर उनले के म पनि तिमीहरुको जस्तै समूहको सुरुवात गर्न सक्छु भनेर हेरनले सोधे ?’
हेरन निकैनै विलक्षण कवि र उपन्यासकार थिए । उनी आफ्नो कृतिलाई सांगीतिक मिश्रण दिन चाहन्थे । त्यसपछि उनले समूह बनाउन थाले । पहिले हेरनले संगीतमा रुचि भएको एक जनालाई ल्याए । ती व्यक्तिले निकै लामो समय हेरनसँग सहकार्य गरेको ब्रायन ज्याक्सन बताउँछन् ।
स्टक हेरनको डेब्यु एल्बम ‘द स्लिभ अफ’ थियो । सन् १९७० मा उनले ल्याएको ‘स्मल टक’ र ‘लेनक्स’ले निकै तहल्का पिट्यो । यी गीतका कारण उनी धेरैका आत्मीय भए । ‘अधिकार स्थापित गरेरै छोड्ने गन्तव्य बनाएका अश्वेतहरुको आवाज उनी बने । उनी निकै जोडदार र क्रान्तिकारी सुनिन्थे,’ उनका फ्यानहरु भन्छन् ।
राजनीतिक रुपमा खतरानक
र्यापको अग्रदूतको खोजीमा सक्रिय रहेका र्यापर हुन् एड ह्यामिल्टन् । सन् २००९ मा एक अर्न्तवार्तामा उनले भनेका छन्, ‘यो कलाको नामकरण गर्ने हामी नै हौँ । र्यापको इतिहासबाट हामीलाई नै बाहिर राख्ने कुरा निकै दु:खद हो । निसन्देह हामी कवि हौँ र हाम्रो प्रस्तुति र्याप हो । हाम्रै प्रस्तुतिकै कारण र्याप एक संगीतका रुपमा अघि बढ्यो।’
एनडब्लू ए र एमिनेमझैं द लास्ट पोएट्स व्यापारिक दृष्टिकोणमा सफल भएनन् । तर त्यो समूहजत्तिको क्रान्तिकारी र सशक्त सायदै अरु भए ।
‘द लास्ट पोएट्स’ को एक वर्षअघि ह्यामिल्टन, ओटिस तथा रिचार्ड डेडक्सले लेखन कार्यशाला गरेका थिए । ‘द लास्ट पोएट्सबारे ह्यामिल्टनले भने, ‘उनीहरुले हाम्रो केही नक्कल गरेनन् । न त हामीले नै उनीहरुको नक्कल गर्यौँ।’
तर ब्ल्याक प्यान्थर त्यसको उग्रवादबारे न्यूयोर्ककी कवि निक्की जीभानीले भनिन्, ‘ क्रान्तिकारी देखिनु नभएर हामी सबैको उद्देश्य समुदायलाई बचाउनु थियो । ब्ल्याक प्यान्थर निकै उग्रवादी रुपमा अघि बढ्यो ।’
हीप-हप कलाकारहरु त्यसबेला राज्यको निशानमा थिए । ह्यामिल्टन भन्छन्, ‘राजनीतिक रुपमा हामी खतरामा थियौँ । हामी राष्ट्रपतिको निशानामा थियौँ । रक्षा संयन्त्रदेखि सुरक्षा संयन्त्रसम्म हाम्रा सुची थिए ।’
सन् १९७३ मा लेखकहरुको कार्यशालानै असफल बनाइयो । ‘अन्तिममा पत्ता लाग्यो त्यहाँ रहेका एक जना त एफबीआईका घुसपैठिया रहेछन्’ उमर बिन हसन भन्छन् ।
ह्यामिल्टनका अनुसार स्ट्रिट पोएट र हिप-हपको एउटा कुरा समान छ। ‘दुबै पीडालाई प्रखर रुपमा उतार्छन् । यस्तो लाग्छ उनीहरुको भुँडीमा पीडा अटसमटस छ र उनीहरु त्यसलाई ओकलिरहेका छन्’, उनले भने ।
यो विषयमा हसनको भनाइ भने भिन्न छ । ‘हिप-हप र हामीमा केही भिन्नता छ । हामीसँग एउटा आन्दोनल हुन्थ्यो । हामीसँग एउटा गन्तव्य हुन्थ्यो । हामी बकवास र हाँसीमजाक मात्रै गरिरहेका हुनेथिएनौं’ उनी भन्छन् ।
यो बहसमा हेरन कतै पनि उभिएनन् । आफ्नो प्रभावको प्रचारबाजी उनले कहिल्यै गरेनन् । मर्नु दुई वर्षअघि न्युयोर्करले उनलाई सोधेको थियो, ‘मानिसहरुले तपाईंलाई र्यापको सुरुवातकर्ता भन्छन् तपाईं के भन्नुहुन्छ ?’
हक्की हेरनले भने, ‘मलाई लाग्छ मानिसहरुले गल्ती गरिरहेछन् ।’
प्रतिक्रिया 4