+
+

नेकपा बहुमत पार्टीको नाममा चन्दा उठाउने दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १५:१६

२५ साउन,  दाङ । दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार (हिजो) साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो ।

उनीहरुले विगतदेखि नै विभिन्न ठाउामा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख राजनकुमार गौतमले बताए ।

बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिउको गौतमले बताए ।

पक्राउ परेका बिक र परियाले यसअघि ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरा स्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन के.सी.लाई १० लाख चन्दा मागेका थिए ।

यस्तै साउन १८ गते कपुरकोटस्थित कालिका मा.वि.का शिक्षक बामदेव अधिकारीलाई ५ लाख, साउन २७ गते तुलसीपुर–१८ स्थित बेलझुण्डी माविकी शिक्षिका जानका बस्नेतलाई १ लाख, २१ चैत २०७९ मा तुलसीपुर–७ बुढागाउँ पर्सेनीका पूर्व शिक्षक इन्द्रबहादुर वलीलाई १ लाख रुपैयाँ उनीहरुले चन्दा माग गरेका थिए ।

उनीहरुले पत्र पठाउँदै चन्दा मग गर्ने र चन्दा माग गरेको कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्नेसमेतको चेतावनी दिने गरेको निमित्त प्रमुख गौतमले बताए ।

परियार र बिकको साथबाट प्रहरीले कम्युनिष्ट पार्टी बहुमतको नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?