+
+

कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १३:४२

२६ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाका एमालेको तर्फबाट बोल्दै एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्माको पक्राउप्रति आपत्ति जनाइन् ।

‘नेपाली कांग्रेसको माननीय सुनिल शर्माजीलाई जो सुन काण्ड प्रकरणमा भ्रष्टाचारीलाई पटक-पटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भन्ने आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ?’ उनले प्रश्न गरिन् ।

म्याद सकिइसकेको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको उनको आरोप छ । ‘यो कानुनले पनि मिल्दैन् । र उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ यसको घोर आपत्ति गर्न चाहन्छु,’ एमाले सांसद साहले भनेकी छन् ।

सांसद शर्मा बिहीबार पक्राउ परेका थिए । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?