+
+

एमालेले संसद अवरोध गर्नु गलत : कांग्रेस सांसदहरू

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १५:२५

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनको माग राखेर नेकपा एमालेले संसद अवरोध गरिरहनु गलत भएको बताएका छन् ।

आजदेखि सुरु भएको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले राज्यका संयन्त्रले अनुसन्धान गरिरहेको विषयमा छानबिन गर्न संसदीय समिति आवश्यक नभएको बताए ।

सुन तस्करीका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छानबिन गरिरहेको छ ।

कांग्रेस सांसदहरुले आपराधिक घटनाका अनुसन्धानका लागि राज्यकै संयन्त्र बलियो बनाउनु पर्ने र प्रहरी प्रशासनलाई विश्वास गर्नु पर्ने बताएका छन् ।

अर्जुननरसिंह केसी र उदयशमशेर जबराले भने आयोग बनाउने हो भने पूराना घटनासमेत छानबिन गर्ने गरी शक्तिशाली आयोग बनाउनु पर्ने बताएका थिए ।

केहीले भने आफ्ना सांसद सुनिल शर्मालाई पूर्वाग्रही ढंगले पक्राउ गरेको भन्दै आपत्ति पनि जनाएका छन् ।

संसदीय दलको बैठकमा आज १६ जना सांसदले बोलेका छन् । बैठक आइतबार फेरि बस्ने गरी आजका लागि सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?