
२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
काठमाडौं महानगर- ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको उनले बताए ।
महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।
शुक्रबार चावहिलस्थित नापी कार्यालयमा नक्सा सहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।
के भयो सहमति ?
दुवै स्थानीय तहका प्रतिनिधिबीच धोबिखोलादेखि साततल्लेसम्मको खहरे खोलामा राखिएको ह्युमपाइप निकाल्ने सहमति भएको छ ।
यस्तै नक्सा अनुसारको जग्गा छुट्याइ बाँकी भएको जग्गा खहरे खोला कायम गर्ने सहमति भएको काठमाडौं-७ का वडाध्यक्ष विमल होडाले जानकारी दिए ।
खहरे खोलामा भएको अन्य स्थानको ह्युमपाइप निकाल्ने तर धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो र साततल्लेको चोकको ह्युमपाइप जस्ताको तस्तै राख्ने वा काठमाडौंले बेलीब्रिज निर्माण गर्ने सहमति भएको उनले बताए ।
हेर्नहोस् सहमतिः
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4