
२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन् ।
कांग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको दाबी गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन कांग्रेस सांसदहरु संसद बैठकमा उठ्न थालेको दाबी गरे ।
‘यो सुन तस्करी काण्डमा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि महाभारतको युद्धमा अस्वस्थामा बोलेपछि त्यही गर्छ, अहिले सत्तापक्ष हामीले उठेर बोल्न थालेपछि सबै उठेर नगरा बजाएर त्यो सत्य उजागर होला भनेझैं पहिला बोल्दै दिँदैन । व्यवधान गर्छ,’ उनले भने ।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा उनले सरकार आफैं सो प्रकरणमा संलग्न रहेका आरोप लगाउँदै सत्य बाहिर आउने डरले यसबारे बोल्ने जो कोहीलाई पनि सांसद शर्मालाई जस्तै हत्कडी लगाईदिने चेतावनी दिएको बताए ।
अध्यक्ष ओलीले भारतले पनि सो सुन प्रकरणबारे गम्भिर प्रश्न उठाएको उल्लेख गर्दै त्यसको सत्य पत्ता लगाउने काममा आफ्नो पार्टी लागि परेको बताए ।
प्रतिक्रिया 4