+
+

प्रधानमन्त्री प्रचण्ड चितवनमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते २०:५६

२६ साउन, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउँसो चितवन आएका छन् ।

विशुद्ध पारिवारिक भ्रमणका लागि भन्दै गृहजिल्ला चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिका वडा नं. १४ मा रहेको आफ्नै निवासमा बसेका छन् ।

श्रीमती सीता दाहालको निधन भएपछि उनी पहिलोपटक चितवन आएर आफ्नै निवासमा बास बसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रधानमन्त्री प्रचण्ड पारिवारिक भ्रमणका लागि चितवन आएको र त्यस्तो अहिलेसम्म औपचारिक कार्यक्रम बारेमा कुनै जानकारी नआएको बताए ।

तर, प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसरमा आयोजित एक कार्यक्रमलाई समापन गर्न सहभागी हुने कार्यक्रम तय भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीमा रहेको कभर्ड हलमा बिहान ७ बजे हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?