
२७ साउन, जुम्ला । स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेशसभामा निर्वाचित सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किएका छन् । सांसद शाहीले शनिबार पत्रकार भेटघाट गरेर आफू कांग्रेस पार्टीमा फर्किएको बताएका हुन् ।
शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए । ‘स्वतन्त्र लड्नु मेरो बाध्यता थियो, जनमत भएको व्यक्तिलाई टिकट नदिदा समस्या भएको हो, अब समय परिस्थति अनुसार सहकार्य हुन्छ’ उनले भने ।
४ मंसिर २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा शाही जुम्ला (क) बाट ९ हजार ६ सय ५४ मत ल्याएर विजयी बन्दा कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंग शाही ७ हजार ७ सय ५५ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए ।
आफू निर्वाचित भएदेखि कर्णालीको विकास र समृद्धिमा लागिरहेको बताउँदै शाहीले अब पार्टी र जनताको सुझावका आधारमा काम गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4