+
+

प्रतिकूल मौसमले एयर इण्डिया बनारस डाइभर्ट, दुई चिनियाँ जहाजको उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १२:३०

२८ साउन, काठमाडौं । काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ । यो जहाज बनारस अवतरण गरी पुनः काठमाडौं आइरहेको छ ।

आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकूल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

भुटानतर्फको उडान समेत प्रभावित भएको छ । गन्तब्य विमानस्थलमा असर नगरे पनि इनरुटमा असर पर्दा उडानहरु प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ पोखरा अझै खुल्न सकेको छैन । सुर्खेत विमानस्थल पनि बन्द रहेको छ । संखुवासभाको तुम्लिङटारका लागि भने आइतबार निर्धारित उडानहरु रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?