+
+

टंक बुढाथोकीले ल्याए सात भाषामा नयाँ गीत ‘धन्यवाद’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १२:३२

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकी गीतमा नयाँ नयाँ प्रयोग गरिरहन्छन् । उनले आफ्नो पछिल्लो गीतलाई सात भाषामा सार्वजनिक गरेका छन् । ‘धन्यवाद’ बोलको गीतलाई उनले नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सात भाषामा सार्वजनिक गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गीतको भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतका सातवटै भिडियो ‘टंक बुढाथोकी’ युट्युब च्यानलमा राखिएको छ ।

गीतमा शब्द र संगीत पनि टंककै छ भने उनलाई गायनमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । गीतको भिडियोमा राहुल शाह र समिश्रिका परियारको नृत्य तथा अभिनय छ । थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंले अभिनय रहेका छन् ।

गायक तथा संगीतकार बुढाथोकीले एक वर्षदेखि यो गीतका लागि मेहनत गरेको बताए । उनले कलाकारको हैसियतले आफ्नो तर्फबाट सानो प्रयास गरेको बताउँछन् ।

गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?