
२८ साउन,काडमाडौं। मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले २८ साउन आइतबारदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ८० करोड रुपैयाँको ३५ प्रतिशतले हुने २८ करोड रुपैयाा बराबरबको २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले जारी पूँजीको १० प्रतिशतले हने ८ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासनमा ल्याएको थियो । यस्तै कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुने २० लाख कित्ता सेयर सर्वसाधराणको लागि निष्कासन गर्न स्वीकृति पाएकोमा सर्वसाधारणलाई निष्कासन हुने सेयरको १० प्रतिशतले हुने २ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै ४० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि र १ लाख कित्ता सेयर सामूहिक लगानी योजनाका लागि छुट्याएको छ । बाँकी रहेको १६ लाख ६० हजार कित्ता सर्वसाधारणलाई निष्कासन खुला गरेको हो । उक्त सेयरमा आयोजना प्रभावित स्थानीयलाई बिक्री नभएको सेयर समेत थपेर कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर कमपनीले सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई ८ लाख कित्ता सेयर निष्कासनमा ल्याएको भएपनि बिक्री नभएको ६ लाख १६ हजार ६२० कित्ता सेयर समेत थप गरेर सर्वसाधारणलाई आवेदन खुला गरेको छ ।
कम्पनीको आईपीओमा ३१ साउनसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद १० भदौसमम् थप हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी आस्वा सदस्य बैंक तथा वित्तीय र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले दोलाखामा ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।
प्रतिक्रिया 4