
२८ साउन, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ । कम्पनीले २८ साउन आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुने १२ लाख करोडर बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ४ लाख कित्ता सेर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गरेको हो ।
कम्पनीको सेयरमा आयोजना निर्माण भइरहेको भोजपुर जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् । यस्तै जारी पूँजीको २० प्रतिशतले हुने ८ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्नेछ ।
यस्तै कम्पनीले सर्वसाधारणको लागि छुट्याएको ८ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुने ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला गरेको छ । उक्त सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्नछन् ।
कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजागरीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले छिटोमा १० भदौ र उक्त अवधिमा माग अनुसार आवेखदन नपरेमा आवेदन दिन म्याद २५ भदौसम्म थप हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने १० भदौभित्र आवेदन दिनुपर्नेछ।
आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ । उक्त आईपीओमा स्थानीय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले भाजपुरमा ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ र प्रतिमेगावाट अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4