+

एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा निलेन्द्रराज श्रेष्ठ नियुक्त

२०८० साउन  २८ गते १६:१७ २०८० साउन २८ गते १६:१७
एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा निलेन्द्रराज श्रेष्ठ नियुक्त

२८ साउन,  काठमाडौं । नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा नियुक्त भएका छन् ।

एसिया ट्रायथलनका अध्यक्षरहेका साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिजले श्रेष्ठलाई सिनियर सल्लाहकारमा नियुक्त गरेका हुन् ।

अजिज सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गतको कार्यकारी कार्यालयका सदस्य तथा शैक्षिक कमिटीका अध्यक्ष हुन् ।

उनी वेस्ट एसिया ट्रायथलन संघका अध्यक्ष तथा साउदी अरेबिया ओलम्पिक कमिटीका अध्यक्ष समेत हुन् ।

चुनावपछिको पहिलो तथा ९० औं कार्यकारी बैठक सन् २०२३ को अगस्ट ५ मा रियादमा बसेको थियो र त्यसमा अध्यक्ष अल्दुल अजिजले निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ विश्व ट्रायथलन अन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।

निलेन्द्रराज श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय