+
+
अपरेशन 'फोक्सट्रोट चार्ली' :

सक्कली प्रमाण पत्र पेश गरेका चिकित्सक पनि पक्राउ परेको भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १७:००

२८ साउन, काठमाडौं । २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गर्‍यो । भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन ।

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको दुई साता नवित्दै पक्राउ परेका कारण सरकारले प्रतिसोध साँध्न खोजेको आरोप लाग्यो भने सीआईबीले पनि थेरथोर आलोचित बन्नुपर्‍यो ।तर ब्यूरोका अधिकृतहरु नक्कली शैक्षिक प्रमाण पत्रमाथि पहिल्यैदेखि अनुसन्धान भइरहेको दाबी गर्छन् ।

यहीबीच सीआईबीले चलाएको अपरेशनमा अर्को त्रुटि फेला परेको छ । नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै ब्यूरोले पक्राउ परेका पिपरा गाउँपालिका-८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएको हो ।

ब्यूरो स्रोतका अनुसार, उनको बुबाको नामबाहेक अरु सबै विवरण मेल खाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको खुलेपछि अनुसन्धान अधिकृतहरुले यसमा के गर्ने भन्नेबारे छलफल गरिरहेका छन् ।

ब्यूरोका प्रवक्ता नवराज अधिकारीका अनुसार, अनुसन्धानमा संलग्न अधिकृतहरुले यादवको विषयमा विवरण उपलब्ध गराउन भन्दै मेडिकल काउन्सिलमा पत्राचार गरेको छ ।

‘काउन्सिलबाट जे जवाफ आउँछ, त्यही अनुसार गर्छौं’, अधिकारीले अनलाइनखबरसँग भने । प्रकरणमा हालसम्म ७ जना सीआईबी हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?