+
+

कांग्रेसको स्पष्टीकरणः सरकार ढाल्ने छलफल भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १७:४४

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसले जारी संसदीय समितिको बैठकमा सरकार परिवर्तनको विषय नआएको स्पष्ट पारेको छ ।

शुक्रबार र आइतबार बसेको दुई दिनको बैठकमा धेरै विषय उठेको र महत्वपूर्ण विषयहरुलाई सोमबार पारित गरिने प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘सरकार बदल्ने, ढाल्ने, अर्को बनाउने कुरा भएको छैन’, आइतबारको बैठकपछि लेखकले भने ।

हालसम्म ५० जना सांसदले धारणा राखेका छन् । बाँकीले भोलि बिहान ११ बजे बस्ने बैठकमा बोल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?