+
+

काठमाडौंको नयाँ अध्यक्ष बनाएपछि नेविसंघमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १९:३७

२८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद सुरु भएको छ । अशुंल केसीलाई काठमाडौं जिल्लाको अध्यक्ष मनोनित गरेपछि विवाद भएको हो ।

संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले गत फागुनमा मनीष डंगोललाई काठमाडौं जिल्लाको अध्यक्ष तोकेका थिए । शेर्पाले साउन २५ मा नयाँ अध्यक्षका रुपमा केसीलाई मनोनित गरेका थिए । केसीलाई मनोनित गरेपछि डंगोल असन्तुष्ट देखिएका छन् ।

‘काठमाडौं जिल्लाका सन्दर्भमा हिजोका दिनमा भएको राजनीतिक सहमतिलाई भंग गरेर हुकुमी शासन जस्तो गरेर म नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदमा बाहाल रहँदा रहँदै केन्द्रीय सदस्य पदमा सल्लाह बेगर मनोनित गरेको भ्रमपूर्ण यथार्थलाई म अस्विकार गर्दछु,’ आइतबार डंगोलले निकालेको विज्ञप्तिमा भनिएको छ ।

गत सोमबार केन्द्रीय समितिको तदर्थ समिति बनाउँदा डंगोललाई पनि समेटिएको थियो । उनले केन्द्रीय समितिमा नबस्ने र काठमाडौं जिल्ला अध्यक्ष नै रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?