२८ साउन, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले अष्ट्रेलियन स्केटबोर्डिङ फेडेरेशन तथा न्युजिल्यान्ड स्केटबोर्डिङ फेडेरेशनको संयुक्त आयोजनामा हुन लागेको ओसेनिया महासभामा भाग लिने र त्यहाँ सम्बोधन गर्ने भएका छन् ।
आगामी भदौ १० देखि २० गतेसम्म अष्ट्रेलियाको राजधानी क्यानबेरा र न्युजिल्यान्डको राजधानी वेलिङ्गटनमा हुने उक्त महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष खनालले जनाएका छन् ।
उक्त कार्यक्रममा खनालले नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलको सम्भावनाका बारेमा प्रस्तुति दिनुका साथै सहयोगका लागि आग्रह गर्ने छन् ।
सो कार्यक्रममा जापान, कोरिया, हङकङ, चीन, भारतलगायतका राष्ट्रको सहभागिता रहने अध्यक्ष खनालले जानकारी गराए ।
प्रतिक्रिया 4