+

प्रशिक्षक जाभी र राफिन्हालाई रेड कार्ड, बार्सिलोना गेटाफेसँग रोकियो

२०८० साउन  २९ गते ७:३१ २०८० साउन २९ गते ७:३१
प्रशिक्षक जाभी र राफिन्हालाई रेड कार्ड, बार्सिलोना गेटाफेसँग रोकियो

२९ साउन, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

मुख्य प्रशिक्षक जाभी र खेलाडी राफिन्हाले रेड कार्ड पाएको खेलमा बार्सिलोनाले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।

यसै खेलबाट म्यानचेष्टर सिटीका पूर्वकप्तान इल्के गुन्डागोनले पनि बार्सिलोनाका लागि डेब्यु गरेका छन् ।

३२ वर्षीय उनी यही समरमा सिटी छाडेर बार्सिलोना पुगेका थिए ।

गेटाफेका गास्टोन अल्भारेजलाई फाउल गरेपछि राफिन्हाले ४२औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए । यस्तै रेफ्रीको निर्णयको बारेमा असहमति जनाएपछि प्रशिक्षक जाभीले ७०औं मिनेटमा रातो कार्ड पाएका थिए ।

गेटाफेका जेइम माटाले पनि ५७औं मिनेटमा दोहोरो पहेंलो  (रातो) कार्ड पाएपछि दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।

गेटाफे बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय