+
+

निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १०:२९
फाइल तस्वीर

२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग छलफल गर्दै छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरुसँग छलफल गर्न भन्दै उनले बालुवाटार बोलाएका हुन् ।

छलफलका लागि प्रधानमन्त्रीले सोमबार दिउँसो २ बजेलाई बोलाएको भए पनि अब केही बेरमा छलफल सुरु हुने महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

खासगरी लगानीकर्ताको मनोबल खस्केको, मागमा तीव्र कमी आएको तथा ब्याजदर बढेका कारण व्यवसाय गर्न असजिलो भएको गुनासो निजी क्षेत्रले गर्दै आएको छ । यसअघि गत शुक्रबार प्रधानमन्त्रीले छलफलका लागि निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएका थिए । तर प्रधानमन्त्री उपत्यकाबाहिर जानुपर्ने भएपछि बैठक हुन सकेको थिएन ।

निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी हुने बालुवाटार स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?