
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्मले यतिबेला बक्स अफिसमा उछाल कमाइ गरिरहेको छ । बिहीबार रिलिज भएको फिल्मले तीन दिनमा विश्वव्यापी रुपमा ३०० करोड भारुभन्दा बढीको कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रजनीकान्तप्रति फ्यानहरुको क्रेज यतिसम्म छ कि ७२ वर्षीय अभिनेताको फिल्म हेर्ने चेन्नई, बैंगलोरलगायत सहरमा रिलिजको पहिलो दिन कर्मचारीलाई बिदा समेत दिइएको थियो । फिल्म दक्षिण भारतका साथै उत्तर भारतमा राम्रो व्यापार त गरेको छ नै विदेशमा समेत उत्तिकै कमाइ गरिरहेको छ । खाडी मुलुक र अमेरिकामा फिल्मले उत्कृष्ट कमाइ गरेको रिपोर्टमा जनाइएको छ ।
‘जेलर’ले भारतमा मात्रै तीन दिनमा १०८ करोड कमाएको छ । रजनीकान्तको गृहराज्य तमिलनाडुमा यो फिल्म यस वर्षको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ भने केरलामा यस वर्ष सबैभन्दा बढी कमाइ गर्ने तमिल फिल्म बनेको छ ।
रजनीकान्तका पछिल्ला फिल्महरु पेट्टा, दरबार र अन्नाथेले कम्स अफिसमा राम्रो कमाइ गर्न सकेका थिएनन् ।
प्रतिक्रिया 4