+
+

गोरखामा भेटिएको क्वार्ज क्रिष्टललाई गोरखा दरबारमा राखिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १९:२४

३० साउन, काठमाडौं । गोरखामा भेटिएको टल्कने ढुंगा (क्वार्ज क्रिष्टल) लाई गोरखा दरबारमा राखिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगा गोरखा दरबारमा राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

१४ असारमा प्रहरीले गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरबाट एउटा टल्किने ढुंगा बरामद गरेको थियो । शाही परिवारले पुस्तौंदेखि पूजा गर्दै आएको सो ढुंगा बिक्री गर्न लागेको जानकारी पाएपछि प्रहरीले कार्यालयमा ल्याई राखेको थियो ।

खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गर्दा सो ढुंगा बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल भएको खुलेको थियो । त्यसपछि उक्त ढुंगा गोरखामा नै राख्ने कि भूगर्भ विभागलाई पठाउने भन्ने विवाद भएको थियो । गोरखा नगरपालिका र स्थानीय बासिन्दाले उक्त ढुंगा गोरखामा नै राख्नुपर्ने धारणा राख्दै आएका थिए ।

ती मन्त्रीका अनुसार यो ढुंगालाई ऐतिहासिक तथा पुरातात्विक सम्पदाका रुपमा गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?